DXN Products FAB Analysis in Nepali
DXN उत्पादको 'सफल' विश्लेषण
सुविधा: यो गेनोडर्मा नामको रातो च्याऊ हो। यो पूर्ण जैविक
पारिएको स्वरूप हो। यसमा 400+ उच्च चिकित्सीय र औषधीय गुण भएको सक्रिय घटकहरू विद्यमान छन्। यसलाई जडिबुटी र एडेप्टोजेनको राजा पनि भनिन्छ। यो विश्वको सबभन्दा उत्कृष्ट क्षारीय (Alkaline) भोजन भनी चिनिएको छ।
फाइदा: हामी घरमै बसेर पनि हाम्रो सामान्य स्वास्थ्यलाई सुरक्षित राख्न सक्छौं। यसमा कुनै प्रकारको हानिकारक तत्त्व छैन। यसको उपयोगले शरीरमा कुनै पनि विपरीत प्रभाव पर्दैन। यसले शारीरिक प्रक्रियालाई सामान्य स्थितिमा पुर्याउन मदत् गर्दछ। यसले कुनै अङ्ग विशेषका लागि वा कुनै प्रकारको रोग विशेषका लागि नगरी सम्पूर्ण शरीरका लागि काम गर्दछ। यसको कुनै विशेष खुराक वा चिकित्सीय प्रक्रिया पनि हुँदैन अर्थात् आफ्नो रुचि अनुसार उपयोग गर्न मिल्छ एवं यो स्त्री वा पुरुष सबैका लागि अत्यन्त उपयोगी हुन्छ। आफ्नो इच्छा अनुरूप सबैले प्रयोग गर्न मिल्ने हुनाले एक परिवारका लागि यो मितव्ययी पोषक खाद्य पदार्थ पनि हो।
लाभ: हाम्रो खानाबाट नमिलेका आवश्यक तत्वहरू पूरा गर्दछ। शरीरबाट विषाक्त तत्त्वहरू निकाल्छ, शरीरमा अक्सिजनको प्रवाह बढाउनुका साथै रक्त परिसंचारमा पनि सुधार गर्दछ। रोग प्रतिरोधात्मक शक्ति तथा प्राकृतिक चिकित्सा शक्तिलाई बढाउनुका साथै कोशिका स्तरमा काम गर्दछ। सम्पूर्ण शारीरक प्रणालीलाई संतुलित गरी अधिक ऊर्जावान् बनाउँछ। सेवनकर्ताले राम्रो अनुभव गर्दछ, ऊ उज्यालो अनुहारको राम्रो देखिन्छ। यसको उपयोगभन्दा पहिला यदि समस्या रैछ भने यसको उपभोग पछि औपचारिक परीक्षणको व्यौरामा सकारात्मक परिवर्तन देख्न सकिन्छ। यसको नियमित सेवनले हामीलाई मुख्य रोगहरूबाट जोगाउँछ तथा उपयोगमा मितव्ययी पनि छ।
DXN- Spirulina
सुविधा: यो नीलो+हरियो लेऊ प्रजाति ताजा पानीमा पाइन्छ, यसलाई पृथ्वी ग्रहको सबैभन्दा पुरानो विरुवाको रूपमा लिनुहोस्। विश्व स्वास्थ्य संगठन (WHO)ले यसलाई उत्कृष्ट भोजन(Super Food) भन्छ भने संयुक्त राष्ट्र संघ(UN)ले भविष्यको उत्तम खाना(Food of Tomorrow) भन्दछ। यसमा ६५% शाकाहारी प्रोटीन छ, अत्यधिक मात्रामा भिटामिन र खनिजहरू उपलब्ध छन् भने घुलनशील फाइबर एवं क्लोरोफिल इत्यादि पोषक तत्त्वहरूले परिपूर्ण छ। यसको जैविक रूपमा खेती गरिएको र यो सुक्खा क्यान्डीको रूपमा उपलब्ध छ। यसलाई ऊर्जाको जीवित स्रोतको रूपमा चिनिन्छ।
फाइदा: १-ग्राम स्पिरुलिना एक दिनको लागि स्वास्थ्यकर खाना हुन सक्छ। यसले शरीरमा FVGL को ठूलो भारलाई कम गर्दछ र शरीरको पोषक तत्त्वको आवश्यकता पनि पूरा गर्दछ। यात्राहरूमा लिएर हिँड्न पनि सजिलो छ। सजिलै पचाउन सकिने प्रोटीनहरू उपलब्ध छन्। समय र आर्थिक बचत हुने आदर्श खानाको रूपमा प्रयोग गर्न मिल्ने। १-किलो स्पिरुलिना बराबर १००० किलो मिश्रित फल, तरकारीहरू र हरियो पातहरू हुन्छ अतः थोरै सेवन गरे पनि धेरै लाभ हुने।
लाभ: स्वस्थ रगत कोषहरू प्रतिस्थापन गर्दछ र रक्तमा हीमोग्लोबिनको मात्रा वृद्धि गर्दछ। रक्तमा pH मात्रालाई संतुलित गर्दछ। कम पोषणयुक्त खाना र पोषण विनाको अधिक खाना खाएको कारण हुने कुपोषणलाई हटाउनका निम्ति यो आदर्श खाना हो। यसले रगतमा चिनीको मात्रा र कोलेस्ट्रॉल कम गर्दछ। हाम्रो शरीरलाई ताजा एवं ऊर्जावान् बनाउँछ।
सुविधा: यो मोरिंडा सिट्रिफोलिया (Morinda Citrifolia) जसलाई नोनी (Noni) पनि भनिन्छ त्यस फलको ताजा र गाढ़ा रस हो । यसमा १५०+ सक्रिय पोषण तत्त्वहरू समावेश छ, तीमध्ये १०१ प्राकृतिक एन्जाइमहरू छन् पाचन तन्त्रमा अत्यन्त सहायक हुन्छन्, एवं यसमा रोजेली रसलाई प्राकृतिक संरक्षकको रूपमा थपिएको छ। मोरिन्झी मोरिण्डा फलको आसवीय(Fermented) रूप हो, यसलाई प्राकृतिक कष्ट शामक(Pain Killer) पनि भनिन्छ।
फाइदा: हाम्रो खानालाई पचाउनको लागि भाग लिने सबै पाचन अङ्गहरूलाई आराम गर्न दिनुहोस्। असाध्य रोगका लागि यो अत्यन्त राम्रो साधन हो। यो एक बोतल रस कम्तिमा १५ दिनका लागि उत्कृष्ट जूस हो।
लाभ: हाम्रो खानाको आन्तरिक प्रक्रियामा तथा खाएको खाना राम्रोसँग पचाउनमा सहयोग गर्दछ। यूरिक एसिडका लागि अत्यन्त प्रभावी छ भने जोड़हरूको दुखाइ, कम्मरको दुखाइ र मांसपेशीको दुखाइमा पनि अत्यन्त लाभदायी छ। महिलासम्बन्धी समस्याहरूका लागि सर्वश्रेष्ठ मानिन्छ। जस्तै-अनियमित महिनावारी, मासिकधर्मजन्य पीडा र पेटको तल्लो भागमा समस्या इत्यादि। प्रतिरोधात्मक क्षमताको विकास गर्नुका साथै असमय बार्धक्य, केन्सर तथा ट्यूमर जस्ता विमारीको रोकथाम पनि गर्दछ।
सुविधा: यो ब्राजिलियाली कफी दानालाई गेनोडर्मा मशरूम संग मिश्रित गरी तयार पारिएको कफी हो। यसमा कुनै अतिरिक्त कृत्रिम पदार्थ छैन तथा यो धेरै कम क्याफिन भएको क्षारयुक्त पेय हो। यसलाई ऊर्जा कफी वा मस्तिष्क टॉनिक पनि भनिन्छ।
फाइदा: यो कफि पिउँदा हामी गेनोडर्माको फाइदा पनि साथ-साथै पाउनेछौं। व्यायाम गर्न नसक्ने व्यक्तिको लागि यो अत्यन्त सहयोगी छ। हामी जहाँ गए पनि आफ्नै खल्तीमा बोक्न सकिन्छ। किनकि यो राम्रो मसिनो पाउडर हो अतः तयार गर्न धेरै सजिलो छ।
लाभ: सूक्ष्म रक्तसंचार बृद्धि गरेर शरीरलाई ताजापन प्रदान गर्दछ। शरीरमा प्राणवायुको सञ्चारलाई वृद्धि गर्दछ र मानिसलाई गहिरो निद्रा पनि आउँछ। शरीरबाट अम्लता कम गर्दछ। शरीर र मांसपेशिको दुःखाइको लागि राम्रो छ। यसको सेवन गर्ने व्यक्ति अधिक ऊर्जावान बन्दछ। तनाव कम गर्न सहयोग पुर्याउँछ।
सुविधा: यो यस संसारमा उत्तम मानिएका २३ प्रकारका
फलहरू, तरकारीहरू र हरिया पातहरूको संयोजन हो। यो उच्च रेसेदार र उच्च पोषणयुक्त खाना हो एवं यो शून्य चिनी र शून्य कोलेस्टेरल खाना पनि हो। यो मधुमेह, मोटोपन, अपच र वात सम्बन्धी समस्याहरूका लागि आदर्श खाना हो।
फाइदा: दुई चमचा माइको वेजी हाम्रो पेट भर्न पर्याप्त छ त्यसैले सजिलैसँग सामान्य खाना छोडिदिन सकिन्छ। तपाईं हामी जहाँ गए पनि तपाईं आफ्नो खानालाई आफ्नो हाते झोलामा बोक्न सक्नुहुन्छ। तपाइँ आफ्नो रुचि अनुसार यसलाई कुनै पनि चीजसँग मिक्स गर्न सक्नुहुन्छ र तयार गर्न अत्यन्त सजिलो हुनाले तपाइँलाई समयको बचत हुन्छ अनि अत्यन्त सुपाच्य भोजन हुनाले पाचनतंत्रलाई आरामदायी हुन्छ एवं पूर्ण प्राकृतिक भोजन भएको हुनाले वातावरण अनुकूल पनि छ।
लाभ: यसले पेट सफा गर्छ, सम्पूर्ण पाचन पद्धतिलाई सुदृढ गरी मल विसर्जन प्रणालीलाई धेरै राम्रो बनाउँछ। आन्तरिक अङ्गहरू जसले खाना पचाउनको लागि काम गरिरहेका छन् उनले आराम पाउन सक्छन् र शरीरमा यसले शीतल प्रभाव छोड्छ साथै अनावश्यक बोसो हटाउँछ। हाम्रो खानाको लागि हामीले खर्च गर्ने पैसाको लगातार DXN व्यवसायमा लगानी भइरहेको हुन्छ।
सुविधा: यो चकलेटको साथमा कोका र गेनोडर्माको संयोजन हो। यसलाई खाना पछिको पेय र स्मरणशक्तिवर्धक भनिन्छ। यो भिटामिन, खनिज र ऊर्जाले परिपूर्ण छ।
फाइदा: दुध, तातो वा चिसो पानीमा घोलेर अथवा साक्षात् यो मात्रै पनि सेवन गर्न सकिन्छ। सबै पोषणहरू तपाईं हाम्रो खल्तीमा लिएर हिंड्न मिल्ने। उदरको भरणका साथै पोषणको आवश्यकता पनि पुरा गर्छ।
लाभ: स्मृतिशक्ति र प्रतिरक्षा तन्त्रको वृद्धि गर्छ। बढ्दो क्रमका बच्चाहरू र खेलकूद सम्बन्धित व्यक्तिहरूका लागि धेरै राम्रो पोषणयुक्त पेय हो। शरीरलाई ताजा बनाउँछ, रक्त परिसंचारमा सुधार ल्याउँछ एवं एकाग्रतामा सुधार ल्याउँछ।
सुविधा: गेनोडर्मा र मोन्याकसको मिस्र स्वरूपमा तैयार गरिएको पेय हो। यसलाई ३ वर्षको अवधिसम्म किण्वन (Fermentation) जस्तो विशेष प्रक्रिया गरी सिरकाको रूपमा तैयार पारिएको छ। उदरमित्र एन्जाइमले परिपूर्ण छ र स्वादमा अमिलो छ।
फाइदा: स्वादिष्ट खाना तयार गर्न यो अत्यन्त उपयोगी छ एवं यसलाई खाना पछि सिधै पानीको साथमा पिउन अत्यन्त राम्रो हुन्छ। छालाको सौन्दर्यका लागि र छाला हेरचाहमा पनि उपयोगी छ। अण्डाहरूबाट फल र क्याल्सियम निकाल्न यसको प्रयोग गर्न सकिन्छ।
लाभ: यसको उपयोगले खाना पचाउनुहोस्, मुटु र कलेजोको सुरक्षा गर्नुहोस् एवं एसिडिटी घटाउनुहोस्। काँध, जोर्नीहरू र पीठ्युँको दुखाइको लागि अत्यन्त लाभकारी छ। मलाशयको कार्य प्रणालीमा अत्यन्त सहायक छ र कब्जको समस्यामा पनि राम्रो परिणाम दिन्छ।
सुविधा: यो यार्सागुम्बा (Caterpiller mushroom) भनेर चिनिन्छ विशेष गरी नेपाल र तिब्बतमा हिउँले ढाकिएको पहाडमा पाइन्छ। यसलाई प्राकृतिक शक्तिवर्धक(viagra) पनि भनिन्छ। यसले पुरुष र महिला दुबैको शक्ति बढाउनमा काम गर्दछ। यस च्याउको जीवन लार्वाबाट सुरु भई विरुवासँगै अन्त हुन्छ।
फाइदा: हाम्रा मुख्य शोधक अङ्गहरू- मृगौला र फोक्सोलाई कुनै विपरीत प्रभाव विना नै सफा गर्छ। शारीरिक दुर्बलता कम गरी यौनशक्तिलाई पनि बढाउँछ। मानसिक तनावलाई पनि कम गर्छ।
लाभ: फोक्सो, मिर्गौला, मुटु, कलेजो र मनको पनि उचित नियमन गर्दछ। दमको रोग, किडनीको समस्या, यौन दुर्बलता र खेलाड़ीहरूका उत्तम परिणाम दिन्छ। पुरै शरीरमा उचित रक्त परिसंचार र अक्सिजनको पुर्याउनमा अत्यन्त मदत् गर्दछ।
सुविधा: यो सिंहको टाउको जस्तो भएको एक प्रकारको मशरूम हो। यसलाई स्नायु टोनिक पनि भनिन्छ। एन्जाइमहरू र पोषक तत्वहरूले परिपूर्ण छ।
फाइदा: एक्लो मशरूमसँग सबै स्नायुहरूमा काम गर्ने शक्ति छ। सबै पाचन प्रणालीमा पनि काम गर्दछ। शरीर र दिमागलाई नियन्त्रित गर्दछ किनकि यसले साक्षात् केन्द्रीय स्नायु प्रणाली मा काम गर्दछ र स्मरण शक्ति पनि बढाउँछ।
लाभ: विशेष गरी यसले मुख्य स्नायु प्रणाली र पाचन प्रणालीमा काम गर्दछ। पक्षाघात भएका व्यक्ति र अल्सर भएका व्यक्तिलाई धेरै प्रभावकारी हुन्छ। यसमा भएका एन्जाइमले सही पाचन, सही रक्त संचार र स्मरण शक्ति सुधार गर्न प्रभावकारी मद्दत् गर्दछ।
सुविधा: यो गेनोडर्मा खाद्य जेल र प्राकृतिक कपूर (menthol) को संयोजन हो। यो दन्तमञ्जन मात्र नभएर बहु उद्देश्यीय क्रीम वा प्राथमिक उपचार किटको रूपमा परिचित छ। यो उक्त जडीबुटीहरूको गाढा पेस्ट (paste) १५० ग्रामको साथमा उपलब्ध छ।
फाइदा: एकल ट्यूबले नै प्राथमिक उपचार किटको आवश्यकता पुरा गर्न सक्दछ किनकि यसलाई घाउहरू: काटेको, पोलेको, डण्डीफोर इत्यादिमा लगाउन सकिन्छ साथै दाढी काटे पछि लोशनको रूपमा पनि प्रयोग गर्न सकिन्छ। एउटै ट्यूबबाट पनि १५० पटकसम्म दाँत सफा गर्न चलिरहन्छ। कमै खर्चमा पनि उच्च मूल्यको एन्टिसेप्टिक घरमा हुने।
लाभ: स्वच्छ सास फेर्नका लागि राम्रो एवं मुखको अल्सर, मुखको घाउ, गिजाको रक्तस्राव र छालामा कुनै दाग आदिमा अत्यन्त लाभकारी छ। मुख सम्बन्धित सबै स्वच्छता राख्न मदत् पुर्याउँछ। गिजाको सुरक्षा गर्छ, दाँत खोक्रो हुन बाट बचाउँछ, कीटाणुहरूलाई मार्छ एवं दाँत सफा गर्छ।
सुविधा: यो पाम तेलमा आधारित गेनोडर्मा सहितको साबुन हो। यसमा कुनै हानिकारक कृत्रिम रसायन, रंग र तत्त्व थपिएको छैन। अत्यधिक केन्द्रित गरिएको छ, अतः आफै पग्लिदैँन।
फाइदा: सबै प्रकारका छालाका लागि राम्रो। सानो छ तर लामो समयसम्म चल्छ र दाह्री काट्दा क्रीमको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
लाभ: नुहाए पछि प्रायः सुक्खा छाला हुने र चिलाउने सम्बन्धित समस्याका लागि राम्रो। छालाजन्य प्राकृतिक चिल्लोपनको हानि नगरिकन छाला सफा गर्दछ। छालालाई सुन्दर एवं नरम बनाउँछ।
सुविधा: यो पाम तेलमा आधारित शुद्ध हर्बल शैम्पू हो। प्राकृतिक रसायनलाई गाढा गरी यसमा गेनोडर्मा पनि थपिएको छ। सबै प्रकारको कृत्रिम रङ तथा रसायनले मुक्त छ। कृत्रिम गन्धको प्रयोग विना प्राकृतिक रूपले नै मनमोहक सुगन्धले परिपूर्ण छ।
फाइदा: कपाल र टाउको दुबैका लागि पोषण प्रदान गर्दछ। आर्थिक व्यय पनि कम हुने। यात्राहरूमा पनि सँगै लैजान सजिलो आकार भएको। सबै प्रकारका कपालहरूका लागि उपयुक्त छ।
लाभ: कपाल सफा गर्दछ र शिरको छाला सम्बन्धी सबै समस्याहरूका लागि उत्तम छ। चाया र कपाल झर्ने समस्यामा धेरै राम्रो असर गर्छ। कपाललाई ताजा र चम्किलो बनाउँछ।
सुविधा: यो गेनोडर्माको सार एवं पाम तेलको मिस्रित रूप हो। यो बहुउद्देश्यीय तेल को रूपमा पनि चिनिन्छ। लिएर हिँड्न मिल्ने र प्राकृतिक सुगन्ध भएको तेल हो।
फाइदा: छालामा भएका डाम, घाउ र बिबिराहरूमा प्रयोग गर्न सकिन्छ। यही तेललाई तातो तैलस्नानमा पनि प्रयोग गर्न सकिन्छ। यदि यसलाई नियमित कपालमा लगाइयो भने कपाल चम्किलो र आफ्नो प्राकृतिक रूपमा आउँछ।
लाभ: जोर्नी, मांसपेशी र पीठ दुख्ने समस्यालाई कम गर्छ। छालाको गहिरो भागसम्म गएर छालाबाट विषाक्त तत्त्व हटाउँछ। यसले पञ्जा र पाइतलामा मालिस गर्दा गहिरो निद्रा लाग्दछ।
सुविधा: यो लोशन एलोवेरामा आधारित हो र गेनोडर्मा मिसाइएको छ। यसमा प्राकृतिक तत्त्व छ र कुनै थप रङ छैन। च्याप च्यापपनको नभई यसको छालामा राम्रो अवशोषण हुन्छ।।
फाइदा: सबै प्रकारका छालाका लागि राम्रो। छालालाई नरम पार्छ अतः सुख्खा छालाको लागि यो अत्यन्त राम्रो छ। यसको प्रयोगले सहज र नरम महसुस गर्नुहोस्।
लाभ: छालालाई ओसिलो राखी सुरक्षित गर्नुहोस्। छालाको तेस्रो तहसम्म पुगी आक्सिजन प्रवाह बढाउँछ। छालालाई नरम र चमकदार बनाउँछ।
*साथै अन्य एलोवेरा आधारित छाला हेरचाह उत्पादनहरू पनि उपलब्ध छन्:- 1) Facial Cleansing Gel, 2) Aqua Gel, 3) Hydrating Toner, 4) Nutricare Cream.
सुविधा: यो गेनोडर्मा आधारित प्राकृतिक रूपले बनाइएको सेट हो। धावक (Cleanser), पोषक (Toner) र आर्द्रताकारक (Moisturizer) को साथमा उपलब्ध छ। सौन्दर्य प्रसाधन (Cosmetics) को दुनियामा छाला हेरचाह को लागि सबैभन्दा राम्रो सेट को रूप मा परिचित छ।
फाइदा: प्रयोग गर्न सजिलो छ र घरमै फेसियल गर्न सक्नुहुन्छ। एउटै सेट ७० पटकसम्म चल्ने हुनाले मितव्ययी पनि छ। अन्य सबै चीजहरूलाई वेवास्ता गर्न सकिन्छ किनकि यसैले सम्पूर्ण अनुहार र घाँटीको हेरचाह पुरा गर्दछ।
लाभ: अनुहारबाट कालो दाग, चाउरी र विमिराहरू हटाउँछ। एकै पटकको प्रयोगले पनि अनुहारमा एकदमै राम्रो उज्यालोपन, चमक र चिल्लोपन ल्याउँछ। राम्रो रक्त परिसंचार कायम राख्दछ र अनुहार र घाँटीमा युवापनको प्रभाव ल्याउँछ।
सुविधा: यो ३ वटा फिल्टर सहितको एक उन्नत पानी फिल्टर हो। पानी शुद्ध गर्नलाई यसमा ५ खानाहरू र विशिष्ट तकनीक समेटिएको छ। बजारमा यो सबैभन्दा राम्रो पानी फिल्टरको रूपमा परिचित छ।
फाइदा: एक पटकको खरीदले घरमा आवश्यक सामग्री थप गर्दछ। पिउने पानीको लागत मूल्य घटाउँछ। उपयोगमा बिजुली चाहिदैँन त्यसैले कम खर्चिलो छ एवं व्यावसायिक उद्देश्यको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
लाभ: यसले ०.९ सूक्ष्म (micron) कणसम्म फिल्टर गर्छ। जीवाणुहरू र कीटाणुहरूलाई मार्दछ एवं पानीबाट रङहरू र दुर्गन्धलाई पनि फ्याक्छ। पानीलाई FIR तकनीकले उपचार गर्दछ। यसले पानीलाई एकल अणुमा विभाजन गर्दिन्छ र यसद्वारा ऊर्जाप्रद पानी बन्छ।
Tea Tree Cream
सुविधा: यो विशेष गरी अष्ट्रेलियामा पाइने चिया रूखबाट बनेको क्रीम हो। यसलाई एन्टिसेप्टिक र एन्टिवाइरल क्रीम पनि भनिन्छ। अनुहार र मस्तिष्क दुबैको ताजापनका लागि अत्यन्त उपयोगी यो सानो ट्यूबमा उपलब्ध छ।
फाइदा: यात्राहरूमा बोक्नको लागि धेरै सजिलो र उपयोगमा पनि आर्थिक छ। एक ट्यूब धेरै उद्देश्यका लागि उपयोगी छ। कपूर (Menthol) जन्य अन्य असुरक्षित उत्पादहरूलाई यसद्वारा विदाई गर्न सकिन्छ।
लाभ: यसले श्वासप्रश्वास लिंदा मन-मस्तिष्कलाई तुरुन्त ताजा गर्दछ। यसको उपयोगले एन्टिसेप्टिक, एन्टिवाइरल र जीवाणुरोधी प्रभावहरू तुरन्त देख्न सकिन्छ। काटेको, पोलेको र अन्य घाउहरू लगायत डण्डीफोर, विमिरा, फंगल संक्रमण, छाला कोतरिएको र टाउको दुखाइमा पनि लाभदायक छ एवं दाह्री काटे पछि लोशनको रूपमा पनि उपयोगी छ।
DXN - Micovita
सुविधा: यो गेनोडर्मा मशरूम (RG/GL) कै पाउडर रूप हो बहन। यो निश्चित परिमाणमा स-साना पोकाहरूमा उपलब्ध छ। यो शक्तिपुञ्जको रूपमा जैविक पद्धतिले बढेका ६ प्रकारका रातो च्याउहरूको सर्वाङ्ग मिस्रित धूलो स्वरूप हो। यो उक्त च्याउको पारिवारिक प्याक हो।
फाइदा: हामी आफ्नो घरमै बसी हाम्रो सामान्य स्वास्थ्य स्वयं कायम राख्न सक्छौं। यसमा कुनै विषाक्त तत्त्व छैन, कुनै प्रकारको साइड इफेक्ट हुँदैन एवं शरीरको समग्र प्रणालीलाई सामान्य स्तरमा ल्याउने काम गर्दछ। तसर्थः यसको उपयोगका लागि कुनै अङ्ग विशेष, कुनै रोग विशेष, कुनै खुराक, कुनै प्रक्रिया, उमेर र लिङ्ग आदि कुनै पनि मानदण्ड छैन।
लाभ: हाम्रो खानाबाट नमिलेका आवश्यक तत्वहरू पूरा गर्दछ। शरीरबाट विषाक्त तत्त्वहरू निकाल्छ, शरीरमा अक्सिजनको प्रवाह बढाउनुका साथै रक्त परिसंचारमा पनि सुधार गर्दछ। रोग प्रतिरोधात्मक शक्ति तथा प्राकृतिक चिकित्सा शक्तिलाई बढाउनुका साथै कोशिका स्तरमा काम गर्दछ। सम्पूर्ण शारीरिक प्रणालीलाई संतुलित गरी अधिक ऊर्जावान् बनाउँछ। सेवनकर्ताले राम्रो अनुभव गर्दछ, ऊ उज्यालो अनुहारको राम्रो देखिन्छ। यसको उपयोगभन्दा पहिला यदि समस्या रैछ भने यसको उपभोग पछि औपचारिक परीक्षणको व्यौरामा सकारात्मक परिवर्तन देख्न सकिन्छ। यसको नियमित सेवनले हामीलाई मुख्य रोगहरूबाट जोगाउँछ।
DXN - Zhi Mint
सुविधा: यो एक गेनोडर्मा र मेन्थोल आधारित पर्पर्याउँदो प्राकृतिक रस हो। मुख, घाँटी र दिमागलाई ताजा गर्ने मिठाईको रूपमा पनि चिनिन्छ। एक प्याकेटभित्र क्यान्डीहरूको रूपमा उपलब्ध छ।
फाइदा: एकै साथ मुख र दिमाग दुबैलाई ताजा गर्दछ। साधारण मूल्यमा उच्च मूल्यको रसिलो मिठाई। बच्चाहरूलाई फकाउने उत्तम स्वास्थ्यकर उपाय। खल्तीमा बोक्न पनि सजिलो छ।
लाभ: मुख, घाँटी र दिमागलाई एक साथ ताजा गर्नुहोस्। गलाको एलर्जीमा, सास फेर्न गाह्रो हुँदा र दमको लागि पनि अत्यन्त सहयोगी हुन्छ। जीवनको लामो समयसम्म स्मरण शक्ति दुरुस्त राख्न मद्दत् गर्दछ।
*More will be updated soon.
Written and designed by:
Dr. Vikram Adhikari
Please visit my website:
Become a lifetime member of DXN by filling up a form below:
Please notify me for any queries related to products and DXN company.
ReplyDeleteWwu very nice dr.sahab
ReplyDeleteThank you.
Deletewow... thanks... very good informations.....
ReplyDeleteThank you..
Delete